भरुवा बन्दुक बन्दुकसहित अर्घाखाँचीमा २ जना पक्राऊ
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका८ खाँचीकोट काउलेचौरबाट प्रहरीले २ जनालाई भरुवा बन्दुकसहित विहीबार पक्राउ गरेको छ ।सन्धीखर्क ७ बाहाखोला घर भएका २० वर्षीय आशिष सुर्यबंशी र २० वर्षीय राजु सुर्यबंशीलाई प्रहरीले पक्रेको हो ।
प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले लु ३ प ५३८४ नबरको मोटरसाइकलमा सवार आशिष र राजुलाई जाँच गर्दा लाइसेन्स नभएको बन्दुकसहित पक्रेको प्रहरीले जनाएको छ ।