पार्वती राईलाई यसरी लाग्यो तीज (फोटो फिचरसहित)
बालाजु छेउछाउका सर्वसाधारण हातमा धानको बिउ लिएर हिलोमा रमाईरहेको बेला मोडल पार्वती राई भने बाईस धाराको पार्कमा तीज गीतमा नाँच्दै थिइन् ।

तीज आउन अझै दुई महिना बाँकी छ, हतार भएन ? भनेर सोध्दा उनले जवाफ दिइन्, ‘यसपाली त भूकम्पले ढिला भएको हो, पोहोरको वर्ष असारमै पाँचवटा भिडियोमा काम गरिसकेकी थिएँ ।’

अहिलेसम्म सात सयभन्दा बढी गीतमा मोडलिङ गरेकी पार्वतीले तीज गीतमा नाच्न थालेको ५ वर्ष लाग्यो । राईकी छोरी भए पनि तीजमा उनी खुब रमाउछिन् । ‘मलाई त तीज साह्र्र रमाइलो लाग्छ,’ उनले भनिन् ।

पार्वतीले अहिले ‘सिंगापुर डलर’ नामको एल्बमका लागि मोडलिङ गरेकी छिन् । तिलक वलि र करिष्मा विसीको स्वर रहेको यस भिडियोको निर्देशन अशोक बिकले गरेका हुन् ।


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया हटाइनेछन । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ